४ कार्तिक २०८३, बुधबार

इन्स्टाग्राममा पहिलो भए रोनाल्डो

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कात्तिक । फुटबलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो समाजिक सञ्जाल इन्स्टाग्राममा सबैभन्दा धेरै फलो हुने सूचीको पहिलो नम्बरमा परेका छन् । युभेन्ट्सका स्ट्राइकर रोनाल्डोले अमेरिकी नायिका तथा पप स्टार सेलिना गोमेजलाई पछि पार्दै इन्स्टाग्राममा धेरै फलोअर्स कमाउने स्टार बनेका छन् ।

पाँच पटकका विश्व बर्ष खेलाडी घोषित रोनाल्डोलाई इन्स्टाग्राममा १ सय ४४ मिलियनले फलो गरेका छन् ।

यस्तै, ब्राजिल तथा पेरिस सेन्ट् जर्मेन पीएसजीका स्टार नेयमार १ सय ४ मिलियन फलोअर्स सहित इन्स्टाग्रामको १० औ नम्बरमा रहेका छन् ।