११ कार्तिक २०८३, बुधबार

काठमाडौं जोड्ने यी मुख्य पुलहरू जोखिममा, जति बेला पनि भत्किने

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कात्तिक । मुग्लिन–नारायणघाट सडकखण्डका पाँचवटा पुल जोखिममा छन् । सडक विभागको पुल महाशाखा प्रमुख अर्जुनजंघ थापाले क्षमता विस्तार गर्नुपर्ने १४ वटा पुलमध्ये पाँचवटा जोखिममा रहेको जानकारी दिए । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

मुग्लिनबाट नारायणघाटतर्फका पाँच पुल बनाइएका स्थान साँघुरो र जीर्ण पनि हुँदै गएकाले जोखिम बढेको छ। महाशाखाको टोलीले सोमबार यो सडकखण्डका पुल अनुगमन गरेको छ। टोलीले तत्कालै पुनर्निर्माण गर्नुपर्ने र नयाँ निर्माण प्रक्रिया थाल्नुपर्ने १४ वटा पुलमध्ये पाँचवटालाई जोखिमको सूचीमा राखेको हो।

३६ किलोमिटर लामो यो सडकखण्डका १८ वटा पुलमध्ये चारवटा ठेक्का लागेर निर्माणको चरणमा छन्। बाँकी १४ वटा मर्मत गरेर फराकिलो र नयाँ बनाउनुपर्ने अवस्था छ। यो सडक स्तरोन्नति पूरा भएर सञ्चालनमा आइसकेको छ। तर, पुलकै कारण सवारी आवागमनमा समस्या हुने देखिएको छ। अहिले सडक राम्रो भएको र सवारीको चाप नपर्ने हुँदा समस्या छैन। तर, पाँचवटालाई भने कसरी निर्माण गर्ने र विकल्प के हुन सक्छ भनेर अनुमगन गरिएको थापाले बताए।

एसियाली स्तरको बनेको यो सडकका १४ वटा पुल जतिसक्दो छिटो बनाउनुपर्ने चुनौती सडक विभागलाई छ। यी पुल तीन महिनाभित्र ठेक्का प्रक्रियामा गइहाल्ने गरी विभागले गृहकार्य पनि अघि बढाएको छ।