२ कार्तिक २०८३, सोमबार

यात्रु बस ठोक्किँदा दुईको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, १३ माघ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको चन्द्रौटा पश्चिम बनकसवासा घुम्तिमा दुई यात्रुवाहक बस एकापसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङ विजौरी- ३ का २७ वर्षीय गणेश खड्का र सुनसरी कुशहवा–७ का ३२ वर्षीय हिरालाल कुराउ रहेका छन् ।
दुर्घटनामा ३७ जना घाइते भएका छन् । घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट दाङ जाँदै गरेको ना५ख २७९८ नम्बरको बस र महेन्द्रनगरबाट नारायणगढ जाँदै गरेको ना४ख ४०७९ नम्बरको बस सोमबार साँझ एक आपसमा ठोक्किएको हो ।

गम्भीर घाइते भएकाहरुलाई उपचारार्थ बुटवल र भरतपुर लगिएको छ भने सामान्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको वडा प्रहरी कर्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष रोकायले जानकारी दिनुभयो ।