
काठमाडौं, १२ कात्तिक । सानिमा लाइफ इन्स्योरेन्सले सानिमा शुभ लक्ष्मी जीवन बीमा योजना ल्याएको छ ।
यस योजनामा बीमा गर्दा कम्पनीको मुनाफामा सरिक हुन पाइने र परिस्थिति अनुसार बीमा रकमको तीन गुणासम्म बीमा सुविधा पाईने सानिमाले जनाएको छ ।
मध्यम तथा निम्न स्तरीय समुदायलाई लक्षित गरी योजना तर्जुमा गरिएको हो । सरल बीमा शुल्कमा १० लाख रुपैयाँसम्मको बीमा गर्न पाईने भएको छ ।















प्रतिक्रिया