
काठमाडौँ, १२ कार्तिक । इन्डोनेसियाको जाकार्ताबाट पङ्गकल पिनाङका लागि उडेको एक सय ८८ यात्रु सवार लायन एयरको जहाज बेपत्ता भएको छ ।
बोइङ ७३७ म्याक्स ८ जहाज जाकार्ता अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही मिनेटमै सम्पर्कविहिन भएको हो ।
समुद्र पार गरिरहेको बेला पश्चिम जाभा प्रान्तको कारावाङबाट जहाज सम्पर्कविहीन भएको राष्ट्रिय खोज तथा उद्धार केन्द्रका प्रवक्ता युसुफ लतिफले जानकारी दिएका छन् ।
दुई सय १० सिट क्षमताको जहाज उडेको केही समयपछि नै राडारको सम्पर्कबाट विच्छेद भएको अधिकारीहरुले जनाएका छन् ।















प्रतिक्रिया