कोलोम्बो, १२ कात्तिक । श्रीलंकामा गहिरिँदो राजनीतिक संकटबीच राजधानी कोलम्बोमा गोली चलेको छ । राष्ट्रपति सिरिसेनाका समर्थकले बर्खास्त सरकारका पेट्रोलियममन्त्री अर्जुन रणतुङ्गालार्इ अपहरण प्रयास गरेका हुन् । त्यसपछि रणतुङ्गाका सुरक्षागार्डले गोली चलाउँदा कम्तिमा ३ जना घाइते भएका छन् ।
रोयटर्सका अनुसार गोली चलाउने गार्डलार्इ गिरफ्तार गरिएको छ । जब अर्जुन रणतुङ्गा आफ्नो सरकारी कार्यालयबाट सिलोन पेट्रोलियम कर्पोरेशनमा गइरहेका थिए त्यही बेला हंगामा भयो । त्यसैक्रममा उनका गार्डले गोली चलाएका हुन् ।
पुलिस प्रवक्ता रुवान गुनसेकराका अनुसार सिलोन पेट्रोलियम कर्पोरेशन बाहिर पुलिस तैनाथ गरिएको छ। अहिले पनि त्यहाँको अवस्था तनावग्रस्त छ ।
श्रीलंकाको संसदका सभामुख कारु जयसूर्याले संकटमा फसेको रानिल विक्रमसिंघेलार्इ राहत दिँदै आइतवार उनलार्इ देशको प्रधानमन्त्रीकारूपमा मान्यता दिएका छन् । युएनपी नेता विक्रमसिंघेलार्इ राष्ट्रपति मैत्रीपाला सिरीसेनाले शुक्रवार प्रधानमन्त्री पदबाट बर्खास्त गरेका थिए ।
सिरीसेनालार्इ लेखेको एक पत्रमा जयसूर्याले १६ नोभेम्बरसम्म सदन निलम्बित गर्ने उनको निर्णयमा पनि प्रश्न उठाएका छन् । उनले पत्रमा गम्भीर एवम् अवान्छनीय परिणाम भोग्नुपर्ने चेतावनी दिँदै राष्ट्रपतिलार्इ विक्रमसिंघेलार्इ सरकारका नेताका रूपमा मिलेको विशेषाधिकार फेरि बहाली गर्ने भनेका हुन् ।
विक्रमसिंघेको बारेमा उनले भनेका छन्, ‘लोकतन्त्र एवम् सुशासन कायम गर्न जनादेश हासिल भएको छ ।’ संसदका सभामुखले संसद निलम्बित गर्ने निर्णय सभामुखसँग विचार(विमर्श गरेपछि मात्रै लिनुपर्ने पनि अडान लिएका छन् ।
जयसूर्याले भने, ‘१६ नोभेम्बरसम्म संसद भंग राख्दा हाम्रो देशलार्इ गम्भीर एवम् अवान्छनीय परिणाम भोग्नुपर्नेछ । म तपार्इसँग यसमा फेरि बिचार गर्न विनम्र आग्रह गर्दछु ।’
जयसूर्याले सिरीसेनालार्इ शुक्रवार राति विक्रमसिंघेको स्थानमा पूर्व राजनीतिक दिग्गज महिन्दा राजपक्षेलार्इ प्रधानमन्त्री बनाउने निर्णयबाट देशका केही संस्थान बलपूर्वक नियन्त्रण लिएको घटना पनि सम्झाएका छन् ।
अन्तर्राष्ट्रिय मानवाधिकार संगठन ह्यूमन राइट्स वाचले आइतवार महिन्दा राजपक्षेलार्इ प्रधानमन्त्री नियुक्त गर्ने श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको निर्णयले देशलार्इ एक पटक फेरि गलत बाटोमा लगेको टिप्पणी गरेको छ ।















प्रतिक्रिया