४ कार्तिक २०८३, बुधबार

नगरकोटमा दोहोर कर विरुद्धः स्थानीय, पर्यटन व्यवसायी र मजदुर आन्दोलित

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, ११ कार्तिक । भक्तपुर र काभ्रेको सिमानामा रहेको विश्वमा चर्चित पर्यटकिय स्थान नगरकोटमा जाने बाह्य देशका पर्यटकहरुले दोहोरो कर तिर्नु पर्ने भएपछि आन्दोलन सुरु भएको छ ।

दुई स्थानीय सरकारले एकै स्थानको लागि दोहोर कर लिएको भन्दै नगरकोटका स्थानीय बासिन्दा, पर्यटन व्यवसायी र होटलमा कार्यरत मजदुरहरु आन्दोलनमा उत्रिएका हुन् ।

दबाव स्वरुप आइतबार कालो झण्डा सहितको विभिन्न माग लेखिएका प्लेकार्ड बोकेर उनीहरुले नगरकोट बजारको परिक्रममा गरे । विरोध कार्यक्रममा सहभाग हुदैँ चाँगुनारायणका स्थानीय बासिन्दा धिरज तामाङ, मण्डनदेउपुरका छेवाङ लामाले नगरकोटलाई कर कोटबाट मुक्त गर्न बाध्य भएर आन्दोलनमा उत्रिएको बताए ।

होटल मजदुर संगठनका तर्फबाट आफ्नो धारणा राख्दै अध्यक्ष रोहित तामाङले दुई स्थानीय सरकारको कर नीतिले हजारौं मजदुरको रोजीरोटीमा असर पर्ने दाबी गरे ।

पर्यटन व्यवसायी तथा नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष नविन गुरुङ, सचिव धनबहादुर लामाले पर्यटकहरुबीच एकदम गलत सन्देश गएकाले अहिलेको मध्य सिजनमा गतवर्ष भन्दा ३० प्रतिशत कम पर्यटक नगरकोट आएको जानकारी दिए ।

दाहोर करको नीतिले सरकारले मनाउने भनेको पर्यटन वर्ष २०२० लाई समेत गम्भिर असर पर्ने उनीहरुको भनाई छ । भक्तपुरको चाँगुनारायण र काभ्रेको मण्डन देउपुर नगरपालिकाबीच समन्वय नहुदाँ असोज २९ गतेदेखि दोहोरो कर लागेको हो ।

भक्तपुर र काभ्रेको करिब ३ सय मिटर फरकको दूरीमा नै दाहोर कर तिर्न परेपछि आफूलाई नराम्रो लागेको हल्याण्डबाट नगरकोट आएका एक पर्यटकले बताए ।

दुबै नगरपालिकामा गरेर करिब एक सय होटल तथा रेष्टुराँहरु नगरकोटमा रहेका छन् । जसमा सामान्यदेखि तारे होटलहरु समेत छन् ।
मण्डनदेउपुर नगरपालिकाले २०७५÷०७६ का लागि नगरपालिका अन्तर्गत नगरकोट क्षेत्र भित्रका काभ्रेचोक, भ्यू टावर चोक र कात्तिके क्षेत्रमा आउने विदेशी पर्यटकहरुसँग प्रवेश शुल्क उठाउने भएको हो ।

भक्तपुरको चाँगुनारायण नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा ५१ लाख रुपैयाँ नगरकोट जाने पयर्टकसँग प्रवेश शुल्क उठाउन ठेक्कामा दिएको थियो । यो आर्थिक वर्ष २०७५÷७६को लागि ३ करोडमा (कर बाहेक) ठेक्का दिएको छ ।

अनुमति प्राप्त ठेकेदारले चाँगुनारायण नगरपालिकाको वडा नम्बर ६ तेलकोट र वडा नम्बर ८ को कलमसी भन्ने स्थानमा न्यु दक्षिणकाली निर्माण सेवा कर उठाउदै आएको छ ।

चाँगुनारायणले सार्क राष्ट्रका पर्यटहरुसँग २ सय र सार्क बाहिरकालाई ३ सय प्रवेश शुल्क लिने गरेको छ । मण्डनदेउपुर तर्फ भने मञ्जरी निर्माण सेवा ठेक्का पाएर कर लिन सुरु गरेको हो । कम्पनीले सार्क राष्ट्रका पर्यटहरुसँग २ सय २६ र सार्क बाहिरकालाई ३ सय ३९ लिदै आएको छ ।

भक्तपुर तर्फ भने चाँगुनारायण मन्दिर जानेबाट समेत ठेकेदारले शुल्क लिन पाउँछन् ।