४ कार्तिक २०८३, बुधबार

यु–१९ एएफसी छनोटको दोस्रो चरणमा पुग्यो नेपाल

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ कात्तिक । १९ वर्ष मुनीको एएफसी छनोट च्याम्पियनसिपको दोस्रो चरणमा प्रवेश गरेको छ । समुह चरणको अन्तिम खेलमा आइतबार पाकिस्तानलाई ९–० हराउँदै नेपालले समुह चरण पार गरेको हो ।

थाईल्याण्डको चोनबरी रंगशालामा भएको खेलमा नेपाललाई फराकिलो जित दिनुमा निशा थोकरले ह्याट्रिक गरिन् ।

खेलको दोस्रो मिनेटमा मञ्जली योञ्जनको गोलबाट नेपालले अग्रता लिएको थियो । सम्झना लावतीले ३२ औ मिनेटमा नेपालको अग्रता दोब्बर पारिन् । ३८ औ मिनेटमा एलिशा जिम्बाले नेपालका लागि तेस्रो गोल गरिन् । नेपालका लागि चौथो गोल पुजा रानाले गरेकी हुन् । खेल अवधिभर पुजाले दुई गोल गरिन् ।