३० आश्विन २०८३, शुक्रबार

भारतमा राष्ट्रपति ओबामाले फर्रर्र हिन्दी बोल्दा …

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

obama-speak-54c4ede27a6d5_exlst
नयाँदिल्ली, १२ माघ । अमेरिकी राष्ट्रपति बराक ओबामाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंगै हिन्दी बोलेका छन् । दुवै देशका राष्ट्रप्रमुखले बोल्नेगरी आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ओबामाले हिन्दी भाषामै सम्बोधन गरेका हुन् ।

सम्बोधनको सुरुवातमा ओबामाले ‘नमस्ते’ भनेर सम्बोधन गरे । त्यसपछि पनि दुइचोटी ओबामाले हिन्दीमै सम्बोधन गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय गणतन्त्र दिवसमा भाग लिन तीन दिने भ्रमणमा ओबामा भारत आएका हुन् ।

सयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अंग्रेजीमा सम्बोधन गरेका थिए । त्यसपछि जब ओबामाले बोल्ने पालो आयो उनले सबभन्दा पहिले नमस्ते भनेर सम्बोधन गरे । त्यसपछि ओबामाले भने, ‘मेरा प्यार भरा नमस्कार’ ।

त्यसपछि मात्रै ओबामाले अंग्रेजीमा सम्बोधन गरे । यसविचमा ओबामाले मोदीले आगाडी सारेका मुद्दामा तारीफ गर्दै हिन्दीमा भने, मुझे उनकी ‘चाय पे चर्चा’ पसंद है।