१ कार्तिक २०८३, शनिबार

अमेरिकामा अर्को भयानक गोली काण्ड

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क, ११ कात्तिक । अमेरिकाको पेन्सिलभेनियाको पिट्सबर्गमा एक व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ ।

गोली लागेर ६ जना घाइते भएका छन् । यहुदीहरूको बसोबास रहेको स्क्वीरिल हिल क्षेत्रमा बन्दुक आक्रमण भएको हो । अन्धाधुन्द गोली चलाएपछि ती व्यक्तिले आत्मसमर्पण गरेका छन् ।

आक्रमणकारी ४६ वर्षीय रोबर्ट बोवर्स नामक व्यक्ति रहेको बताइएको छ । तर उनले किन गोली चलाए भन्ने खुलेको छैन ।

यहुदीहरूको प्रार्थना चलिरहेको बेला गोली चलेको थियो । रिपोर्टहरुका अनुसार यहुदीहरुको पवित्र पूजास्थल ट्री अफ लाइफ सिनगोंगमा एकजना गोरो वर्णको व्यक्ति असाल्ट राइफल र दुईवटा पेस्तोलसहित प्रवेश गरेका थिए र गोली चलाएका थिए ।

यसअघि स्थानीय प्रशासनले विलकिंग्स र शेडी इलाकामा एक शुटर सक्रिय रहेको भन्दै उक्त स्थानमा नजान सूचित गरिएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ट्वीट गरेर उक्त स्थानका बासिन्दालाई सजग रहन आह्वान गरेका थिए । बीबीसी