११ कार्तिक २०८३, बुधबार

मतदाताबाटै जनप्रतिनिधि असुरक्षित

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, ११ कात्तिक । असुरक्षित भएको जनाउँदै बाराको पचरौता नगरपालिकाका जनप्रतिनिधिले कार्यालय सार्ने निर्णय गरेका छन् । शुक्रबार बसेको कार्यपालिका बोर्डको बैठकले कार्यालय सार्ने निर्णय गरेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

स्थानीय बासिन्दाबाटै असुरक्षा महसुस भएपछि नगरपालिका कार्यालय सार्ने निर्णय गरिएको मेयर रमेशकुमार यादवले बताए । कार्यालय सञ्चालन गर्न नै समस्या देखिएपछि सार्ने निर्णय गर्नुपरेको मेयर यादवको भनाइ छ । ‘स्थानीय बासिन्दाबाट थ्रेट आयो, जतिवेला पनि आक्रमण हुन सक्ने भएपछि कार्यालय सार्ने निर्णयमा पुगेका हौँ,’ उनले भने ।

अहिले पचरौता नगरपालिकाको कार्यालय वडा नं। ७ बेनौलीमा छ । नगरपालिकाले त्यहाँबाट तीन किलोमिटर दक्षिण–पश्चिमको वडा नं। ६ पकडियामा सार्ने निर्णय गरेको हो ।

अहिले कार्यालय रहेको स्थान भारतसँगको सीमा क्षेत्रबाट तीन किलोमिटर दूरीमा छ । कार्यालय सार्ने नयाँ स्थान पनि सीमानजिकै पर्छ । त्यहाँबाट तीन किलोमिटरको दूरीमा इलाका प्रहरी कार्यालय रहेको छ ।