३० आश्विन २०८३, शुक्रबार

नेम्वाङलाई आफ्नै जिल्लामा प्रवेश निषेध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

subash-nembang

जंग योञ्जन तामाङ

पाँचथर, १२ माघ । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङलाई गृहजिल्ला इलाम र छिमेकी पाँचथर प्रवेशमा रोक लगाइएको छ ।

सङ्घीय लिम्वूवान पार्टी नेपालले नेम्बाङलाई प्रवेशमा रोक लगाएको घोषणा गरेको हो । पाँचथर पुख्र्यौली भूमि भएका नेम्बाङ काँग्रेस एमालेको ‘कठपुतली’ भएको भन्दै प्रवेशमा रोक लगाएको पार्टीका पाँचथर अध्यक्ष क्याप्टेन सुरेन्द्रप्रकाश जवेगूले बताउनुभयो । संविधानसभामा अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा उल्टै पार्टी प्रवक्ता जस्तो भएर प्रस्तुत उहाँको आरोप छ ।

एमाओवादी नेतृत्वको विपक्षी मोर्चाद्धारा फिदिममा आयोजित पत्रकार सम्मेलनमा मोर्चाका पाँचथर संयोजक समेत रहेका जबेगूले अब पहिचान सहितको सङ्घीय लिम्वूवानका लागि सशक्त आन्दोलनको विकल्प नभएको बताउनुभयो । सङ्घीय समाजवादी पार्टीका केन्द्रीय सदस्य बिजयविक्रम योक्पाङ्देनले अब मुलुक मुडभेडको स्थितिमा पुगेको बताउनुभयो ।