
काठमाडौँ, १० कार्तिक । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत शनिबार जारी पहिलो खेलमा बुटवल ब्लास्टर्सले चितवन राइनोजलाई १ सय ३६ रनको लक्ष्य दिएको छ ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बुटवलले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रन जोड्यो ।
बुटवलका शंकर रानाले ४८, सागर पुनले ४६ तथा सिद्धान्त लोहनीले १७ रन जोडे । यस्तै कप्तान सोमपाल कामी ६ रनमा नटआउट रहे ।
चितवन राइनोजका करण केसीले २ तथा रामनरेश गिरी र शक्ति गौचनले १–१ विकेट लिए ।
पीपीएलको विजेताले २७ लाख रुपैयाँ पाउनेछन् भने उपविजेताले १० लाख पाउने आयोजक क्विन्स इभेन्ट्स प्रालिले जनाएको छ ।
प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरहरुलाई भीजी अटोमोबाइल्सको तर्फबाट सुजुकी जिक्सर १५५ सीसी मोटरसाइकल पुरस्कार दिइनेछ ।















प्रतिक्रिया