१ कार्तिक २०८३, शनिबार

पूर्वराष्ट्रपति महिन्दा राजापाक्षे प्रधानमन्त्री बने

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलम्बो, १० कात्तिक । श्रीलंकामा पूर्व राष्ट्रपति महिन्दा राजपाक्षे नाटकीय रुपमा प्रधानमन्त्री बनेका छन् ।

राष्ट्रपति सिरीसेना मैत्रीपालाले प्रधानमन्त्री रनिल बिक्रमासिंघेलाई पदमुक्त गरी नयॉ प्रधानमन्त्रीको रुपमा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई नियुक्त गरी सपथ ग्रहण गराएका हुन् ।

यसअघिको चुनावमा सिरीसेना मैत्रीपालासँग पराजित बनेका राजपाक्षे अचानक प्रधानमन्त्री बनेको घटनालाई चासोका साथ हेरिएको छ । मैत्रिपालाले आफ्नै विरोधीलाई आफ्नै सरकारमा महत्वपूर्ण पद दिँदै सबैलाई चकित पारिदिएको भनी अन्तर्राष्ट्रिय मिडियाले टिप्पणी गरेका छन् ।

पछिल्लो केही हप्तायता राष्ट्रपति र प्रधानमन्त्रीबीच सरकार चलाउने विषयमा रस्साकस्सी चल्दै आएको थियो । यही सन्दर्भमा राष्ट्रपति मैत्रिपालाले नयाँ प्रधानमन्त्रीको रुपमा राजपाक्षेलाई नियुक्त गरेका हुन् । एजेन्सी