४ कार्तिक २०८३, बुधबार

निरु थापा भइन् महिला फुटबल टोलीको कप्तान

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ कात्तिक । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको कप्तानमा निरु थापा चयन भएकी छिन् ।

मैत्रिपूर्ण खेलका लागि बिहीबार चीन गएको महिला राष्ट्रिय टोलीकोे कप्तानी थापालाई दिइएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । थापाले पहिलो पटक नेपाली टोलीको कप्तानी समाल्ने अवसर प्राप्त गरेकी हुन् । थापाले घरेलु फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबबाट खेल्दै आएकी छिन् ।

यसअघि नेपाली महिला टोलीको नेतृत्व रेनुका नगरकोटीले गर्दै आएकी थिइन् । ओलम्पिक छनोटको तयारीमा रहेको नेपालले टोलीको नेतृत्व परिवर्तन गरेको हो ।

चीन भ्रमणमा निस्केको नेपाली टोलीले त्यहाँ तीन मैत्रिपूर्ण खेल खेल्नेछ । त्यसपछि नेपाली टोली चीनबाट म्यान्मा प्रस्थान गर्नेछ । –रासस