४ कार्तिक २०८३, बुधबार

पीपीएल क्रिकेट : पोखराद्वारा विराटनगरलाई १९८ रनको लक्ष्य

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ९ कार्तिक । सर्वाधिक पुरस्कार राशिको पोखरा प्रिमियर लिग (पीपीएल) मा पोखरा पल्टनका विनोद भण्डारीले बिस्फोटक ब्याटिङ गरेपछि उद्घाटन खेलमा घरेलु टोली पोखरा पल्टनले विराटनगर टाइटन्सलाई १ सय ९८ रनको ठूलो लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ३ वीकेटको क्षतीमा १ सय ९७ रन जोड्यो । विनोदले ११ बलमा ४१ रनको बिस्फोटक पारी खेलेका हुन् । उनले ५ छक्का र २ चौकाको मद्दतमा ४१ रन बनाए ।

यस्तै पोखराका लागि आसिफ सेखले ५२ रनको अर्धशतकीय पारी खेले । ५४ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे । उनले टोलीका भारतीय खेलाडी रविइन्दर सिंहसँग दोस्रो विकेटका लागि ९७ रनको पारी खेल्दै इनिङ अघि बढाएका थिए ।

सिंहले ४४ रन जोडे भने ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ३८ रन जोडे । विराटनगरका सन्दीप लामिछानेले २ तथा सहाब आलामले एक विकेट लिए ।