
काठमाडौँ, ९ कार्तिक । शुक्रबार सुनको मूल्य प्रतितोला ६० हजार २०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिनको तुलनामा आज सुन तोलामा रु दुई सय घटेको हो । बिहिबार छापावाल सुन ६० हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
यस्तै आज तेजाबी सुन भने प्रतितोला ५९ हजार ९०० रुपैयाँ कायम भएको छ । नेपाल सुन चाँदी ब्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रतितोला ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।















प्रतिक्रिया