काठमाडौँ, १२ माघ । नेपाली काँग्रेसले पार्टीका जिल्ला सभापतिहरुलाई १० दिनका लागि आआफ्ना जिल्ला जान निर्देशन दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको नेपाली काँग्रेस संसदीय दलको बैठकले सभासद्लाई संविधान निर्माणका सम्बन्धमा पार्टीका तर्फबाट चालिएको कदमलगायत मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे जिल्ला जिल्लामा गएर कार्यकर्ता र जनतालाई सन्देश प्रवाह गर्न निर्देशन दिएको हो ।
पार्टी उपसभापति रामचन्द्र पौडेलले एकीकृत नेकपा (माओवादी)लगायत विपक्षी दलसँग वार्ता र संवादका क्रमलाई पनि जारी राख्ने बैठकले निर्णय गरेको जानकारी दिनुभयो । रासस
















प्रतिक्रिया