
काठमाडौ, ८ कार्तिक । विश्वबिख्यात अमेरिकी ब्राण्ड ५.११ को आधिकारिक शोरुम नेपालमा पनि संचालनमा आएको छ । विश्वभरका सुरक्षा निकायले सबैभन्दा बढी प्रयोग गर्दै आएको ब्राण्ड नेपालमा बिहीबार ब्राण्डले नेपाल भित्र्याएको हो ।
दरवारमार्गस्थित शेर्पा मलको ग्राउण्ड फ्लोरमा बिहीबारबाट संचालनमा आएको शोरुममा ब्राण्डका ५.११ अधिकांश आईटमहरु उपलब्ध रहेका छन् । शोरुममा अमेरिकीहरुबीच लोकप्रिय पाइन्ट, ज्याकेट, टिर्सट, जुत्ता र झोलालगायतका अन्य सामाग्रीहरु उपलब्ध रहेका छन् ।
हलिउड फिल्म उद्योगमा समेत यो ब्राण्डका ज्याकेटदेखि झोला प्रयोग हुने गरेको संचालक संन्जीव तुलाधरले जानकारी दिए । नेपालमा यो ब्राण्ड सुरक्षा निकाय र खेलाडीलाई लक्षित गरी भित्र्याइएको पनि तुलाधरले बताए ।
फाइभ प्वाइन्ट इलेभेनले २०७२ सालको महाभूकम्पका बेला नेपालीहरुलाई यो ब्राण्डका सामान निशुल्क रुपमा पठाएर सहयोग गरेको थियो । संयुक्त राष्ट्र संघको आह्वानमा विभिन्न द्वन्द्वरत मुलुकमा शान्ति स्थापनाका लागि जाने शान्ति सैनिकहरुले यो ब्राण्डका सामान प्रयोग गर्ने गरेको पाइएको छ ।
नेपालमा विभिन्न स्पोर्टस ब्राण्डको सामान भित्र्याउदै आएको आजु ग्रुपले यस अघि एडिडास, रिबुक, लिभाइज नेपाल भित्र्याइसकेको छ ।















प्रतिक्रिया