२ कार्तिक २०८३, सोमबार

संखुवासभाको मानेञ्ज्याङ्गमा खुल्यो एनआईसी एशिया बैंकको शाखा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ कात्तिक । संखुवासभाको मानेञ्ज्याङ्गमा एनआईसी एशिया बैंकको नयाँ शाखा खुलेको छ । खाँदबारी नगरपालिका वडा नं. ३ स्थित मानेञ्ज्याङ्ग शाखाको नेपाल राष्ट्र बंैकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले बिहीबार उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा उनले सम्पुर्ण स्थानिय तहहरुमा वाणिज्य बैंकहरुको शाखा कार्यालय खोल्ने नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको अभियानमा सहयोगी भुमिका निर्वाह गरेकोमा एनआईसी एशिया बैंकप्रति आभार व्यक्त गरे ।

बैंकका हालसम्म २६४ शाखा कार्यालय, २६० एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरु रहेका छन् ।