४ कार्तिक २०८३, बुधबार

नेकपाका यी दुई सचिवालय सदस्यले पाए महत्वपूर्ण जिम्मेवारी

14.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ८ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले प्रदेश कमिटीका सदस्यहरु चयन गर्न र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न दुई सदस्यीय कार्यदल गठन गरेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले गठन गरेको कार्यदलमा सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल छ । कार्यदलले प्रदेश कमिटीमा रहने सदस्यहरु चयन गर्ने र त्यसलाई सचिवालय बैठकमा पेश गर्नेछ ।

बैठकपछि महासचिव पौडेलले प्रदेश कमिटीका सदस्यहरु निश्चित मापदण्डका आधारमा चयन गर्ने र त्यसलाई सचिवालय बैठकले टुंगो लगाउने गरी आफूहरुलाई जिम्मेवारी दिइएको बताए ।

नेकपाले प्रदेश कमिटीका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव यसअघि नै चयन गरिसकेको छ । त्यस्तै बिहीबारको सचिवालय बैठकले नेकपाका केन्द्रीय सदस्यहरुको कार्यविभाजन तोक्ने जिम्मा पनि कार्यदललाई नै दिएको महासचिव पौडेलले बताए ।

पौडेलले जिम्मेवारीअनुसार नामावली र कार्यगत बाँडफाँडको खाका बनाएर सचिवालयमा पेश गर्ने जानकारी दिए ।