४ कार्तिक २०८३, बुधबार

नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडाैँ,  ८ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको बैठकमा पार्टीका तल्लो तहको एकता प्रक्रियालाई टुंगाउने विषयमा छलफल हुने बताइएको छ।

जिल्ला तहको नेतृत्व चयन गर्ने क्रममा बनाइएको मापदण्ड उलंघन गरिएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले आपत्ति जनाउँदै आएका छन् ।

असहमति सहित लिखित प्रस्ताव महासचिव विष्णु पौडेललाई नेता नेपालले पेस गरेका छन्। नेपालको असन्तुष्टि सम्बोधन हुनेगरी बैठकमा महासचिवले नयाँ मापदण्ड पेस गर्ने बताइएको छ।

बैठकका थप एजेन्डामा विभाग गठन, जनवर्गीय संगठनहरुले एकता तथा पोलिटब्युरो रहने नाम र सङ्ख्या पनि रहेको छ । १२ र १३ गतेका लागि डाकिएको स्थायी समिति बैठकमा पेस हुने एजेन्डाहरु सचिवालयले बैठकले तय गर्नेछ।

चीन भ्रमणमा रहेका प्रवक्ता नारायण काजी श्रेष्ठ र सचिवालय सदस्य ईश्वर पोखरेल बाहेक बाँकी सात जनाको बैठक बसेको हाे।