२ कार्तिक २०८३, सोमबार

माछापुच्छ्रे बैंकका थप ४ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ कात्तिक । माछापुच्छ्रे बैंक लिमिटेडले चितवन र गोरखामा ४ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले चितवनको इच्छाकामना गाँउपालिका (हातीवाङ्ग), गोरखाको गण्डकी गाउँपालिका, गोरखाको गोरखा नगरपालिका (छेपेटार) र गोरखाकै पालुङटार नगरपालिकामा गरी ४ शाखा रहित बैंकिङ्ग सेवा शुरु गरेको हो ।

यो सहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म ३७ शाखा रहित बैकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जनाएको छ ।

बैंकले देशभरका ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३७ शाखा रहित बैंकिङ्गसेवा समेत गरी जम्मा १२५ स्थानबाट बैंकिङ्ग सेवा दिइरहेको छ । बैंकको देशभर १०१ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।