
काठमाडौं, ६ कात्तिक । एनआईसी एशिया बैंक लिमिटेडले “११५ एनआईसी एशिया ऋणपत्र २०८५/८६” निष्कासनको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्ति गरेको छ ।
एक हजार दरका ४० लाख कित्ताले हुन आउने ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासनका लागि एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड छनोटमा परेको हो ।
प्रस्तावित ११ प्रतिशत व्याज भएको यस ऋणपत्र लगानीकर्र्ताको लागि उत्कृष्ट प्रतिफलसहितको दीर्घकालीन लगानी गर्ने सुवर्ण अवसर हुन ेविश्वास बंैकले लिएकोे छ ।
उक्त ऋणपत्र निष्कासनसम्बन्धी सम्झौतापत्रमा एनआईसी एशिया बैंक लिमिटेडका तर्फबाट का. मु. प्रमुखकार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक छपिराज पन्तद्वारा हस्ताक्षर भएको छ ।















प्रतिक्रिया