२ कार्तिक २०८३, सोमबार

सडक संघर्षमा होमिने एमाओवादी मोर्चाको निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cfO{taf/sf] ;+ljwfg;efsf] a}7s :ylut ePkl5 aflxl/g' ePsf Pg]skf -dfcf]jfbL_sf g]tf lul//fhd0fL kf]v/]n ;~rf/sdL{x? s'/f ug'{x'Fb}  . tl:j/ M /Tg >]i7, /f;; .

काठमाडौँ, १२ माघ । एकीकृत नेकपा (माओवादी) नेतृत्वको सङ्घीय लोकतान्त्रिक गठबन्धनले सहमतिको प्रक्रियाबाट सत्ताधारी दल बाहिर गएको आरोप लगाउँदै सडक सङ्घर्ष गर्ने निर्णय गरेको छ ।

एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बसेको बैठकले विगतका सहमति तथा सम्झौताको मान्यता विपरीत गएर सत्ताधारी दल प्रस्तुत भएको र तटस्थ रहनुपर्ने संविधानसभाका अध्यक्षले पनि विपक्षीको धारणालाई कुनै सुनुवाइ नगरेको भन्दै सङ्घर्ष गर्ने निष्कर्ष निकालेको मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो ।

अन्तरिम संविधान, २०६३ विस्तृत शान्ति सम्झौता र विभिन्न पक्षबीच भएका सहमति तथा सम्झौतालाई संस्थागत गर्ने महत्वपूर्ण अवसरका रुपमा संविधान निर्माण प्रक्रियालाई लिइएको भए पनि सरकारमा रहेका दल र सभाध्यक्षको भूमिका त्यसविरुद्ध परिलक्षित रहेको भन्दै बैठकले विभिन्न चरणमा जनपरिचालन गर्ने निष्कर्ष निकालेको उहाँले उल्लेख गर्नु भयो ।

संविधानसभाको आइतबारको बैठकमा सभाध्यक्ष नेम्वाङले संविधान निर्माणमा देखिएका विवादलाई प्रश्नावली बनाउनका लागि प्रश्नावली समिति गठन गर्नुभएको थियो । सो समिति गठन लगत्तै एमाओवादी लगायतका दलले सत्ताधारी दल र सभाध्यक्षसँग वार्ता नगर्ने निर्णय गरेको थियो ।

विगतमा प्रमुख दल र एमाओवादीबीच भएको १२ बुँदे सहमतिदेखि अगाडि बढेको सहमतिको प्रक्रिया टुट्न लागेकाले जनतालाई सो बारेमा जानकारी गराउनु हाम्रो दायित्व हो भन्ने निष्कर्षका साथ जनपरिचालन गर्न बाध्य भएको एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले बताउनुभयो ।