२ कार्तिक २०८३, सोमबार

रुकुममा ट्रयाक्टर पल्टँदा एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम, १२ माघ । ट्रयाक्टर दुर्घटनामा परी सोमबार एक जनाको मृत्यु भएको छ ।

मुसिकोट नगरपालिका–३ राउखेतबाट सोलावाङ तर्फ जाँदै गरेको लु२त ५२५३ नम्बरको ट्रयाक्टर मुसिकोट–३ को ज्यामिरेखोलामा दुर्घटना हुँदा मुसिकोट–३ का ३५ वर्षीय यक्कबहादुर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

दुर्घटनामा सोही स्थानका तुलबहादुर ओली गम्भीर घाइते हुनुभएको छ । घाइते ओलीलाई जिल्ला स्वास्थ्य कार्यालयमा सामान्य उपचारपछि नेपालगन्ज रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो ।

ट्रयाक्टर बिहान ७ः३० बजे सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । ट्रयाक्टर चालक भने फरार रहेको र उनको खोजी भइरहेको छ । रासस