२ कार्तिक २०८३, सोमबार

सडक बनाउन जुटे कञ्चनपुरका गाउँवासी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1421147327_kanchanpur

मोहन विष्ट 

महेन्द्रनगर, १२ माघ । कञ्चनपुरका गाउँवासी सडक बनाउन एकजुट भएका छन् । जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडीका गाँउलेहरु सामुहिक सडक मर्मतमा जुटेका छन् । विकासको पूर्वाधार सडक भन्दै यहाँका स्थानिय गाँउलेहरु सडक मर्मतमा जुटेको समाजका अगुवा दिर्घबहादुर शाहले जानकारी दिनुभयो ।

चिसो मौसमयमा घरयासी कामकाजलाई थाती राखेर स्थानियहरु सडक मर्मतमा जुटेको उहाँले बताउनुभयो । सडक मर्मत नभएका कारण चारपाङग्रे सवारी साधन चलाउन कठिन भएको भन्दै माघको पहिलो हप्तादेखि गाउँवासी सडक मर्मतमा लागेका हुन् । हुलाकी मार्गदेखि महाकाली सिँचाईको नहर छुने गरी सडक मर्मत थालिएको छ ।
महाकाली सिँचाईको गौरा मन्दिरदेखि सिद्धचोक हुलाकी मार्ग र झार्नाखोलादेखि हुलाकी मार्गलाई जोड्ने गरी दुई स्थानमा सडक मर्मत सुरु गरिएको छ । दुवै गाउँका महिला तथा पुरुषहरु घर–घरबाट कुटोकोदालो बोकेर सडकमा आएका छन् ।
सडकमा खुल्ला र सफा भएपछि आवत–जावतमा समेत सजिलो हुने भन्दै सडक मर्मका लागि गाँउलेहरु स्वस्फुर्त मर्मतमा जुटेका छन् । स्थानियहरुले उक्त सडकमा ग्राभिलको माग समेत गरेका छन् ।
‘हाम्रो गाँउ घर मर्मतका लागि केन्द्रको सरकार आएर गर्दैैन्, हामीले पनि केही विकासका लागि जाग्नुपर्छ ।’ शिक्षक धनसिह महराले भन्नुभयो । हुलाकी मार्गदेखि महाकाली नहर जोड्न सडक खण्ड झर्नाखोलामा पक्की पुल निर्माण गरिदिन समेत स्थानियहरुले माग गरेका छन् ।
गत आर्थिक वर्ष २०७०/०७१ मा झर्नाखोलामा बेल्डाँडी गाँविसले एककाटे पुल निर्माण गरेपनि पुलले कृषि क्षेत्रका कामकाज गर्न असहज भएको भन्दै कृषकहरुले पुल पहिलो प्राथामिकतामा राख्नुपर्ने माग राखेका छन् । काठे पुलले पैदल हिडडुल मात्रै भएको भन्दै सवारी साधनका लागि पक्की पुल निर्माण गर्न सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।
‘स्थानियहरुले सडकमा श्रमदान गर्ने हो, स्थानिय निकायबाट ग्राभिलको व्यवस्था हुनुपर्छ ।’ शिक्षक महराको भनाई छ । सडक मर्मतसंगै हालका लागि सर्वसाधारणहरुलाई आवत–जावत गर्न समेत सजिलो भएको छ । ग्रामिण भेगमा चल्ने यातायातमा सवारी साधन समेत चल्न सजिलो भएको यात्रुहरुले बताएका छन् ।