२९ आश्विन २०८३, बिहिबार

अक्षय कुमारको ‘बेबी’कोे शुरुवाती कमाई सन्तोषजनक, ५० करोडको आंकडा पार  

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baby-film

एजेन्सी/मुम्बई ।

एक्‍शन स्टार अक्षय कुमारको ‘बेबी’ले चलचित्र बजार (बक्स अफिस)मा सन्तोषजनक व्यापार गरेको छ ।

शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रले पहिलो दिन १० करोड कमाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । चलचित्रका विषयमा आएका खबरहरुमा फिल्मले बक्स अफिसमा रफ्तारका हिसाबले कमाउने आकलन गरिएको छ ।

आइतबार तेस्रो दिनसम्म चलचित्र ‘बेबी’ले ५० करोडको आंकडा पार गरेको छ । चलचित्र ‘बेबी’ विश्वभरका २ हजार ६ सय हलमा रिलिज भएको थियो ।

नीरज पाण्डेको निर्देशनमा निर्माण भएको चलचित्रमा अक्षयकुमार प्रमुख भुमिकामा छन् । चलचित्रको नेपालमा पनि सुटिङ गरिएको थियो ।
आतंकवादको कथामा आधारित फिल्मलाई दर्शकले मन पराएका छन् । पाकिस्तानमा पनि फिल्मबारे चर्चा सुरु भएको सञ्चारमाध्यमले जनाएका छन् ।