४ कार्तिक २०८३, बुधबार

यस वर्षका ‘लिगलिगे राजा’ भए नेपाली सेनाका अनिश थापा, मन्त्रीले यसरी लगाइदिए श्रीपेच

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असोज । सय वर्षको ‘लिगलिगे राजा’ नेपाली सेनाका अनिश थापा बनेका छन् । उनलाई पर्यटनमन्त्री रवीन्द्र अधिकारीले श्रीपेच लगाइदिए ।

थापाले चेपे र मस्र्याङ्दी दोभानदेखि लिगलिगकोटसम्मको १३.५ किलोमिटर ५८.२५ मिनेटमा पार गरी एक वर्षका लागि ‘राजा’ को उपाधि पाएका हुन् ।

एक सय २२ जनालाई पछि पार्दै नेपाली सेनाका थापा नवौं लिगलिगे राजा बनेका हुन् । थापालाई एक समारोहबीच मन्त्री अधिकारीले श्रीपेच पहि¥याई सम्मान गरेका थिए । श्रीपेचसँगै उनले ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । उनलाई पालुङ्टार नगरपरिक्रमासमेत गराइएको छ ।

यस्तै दौडमा निर्धारित दूरी ५८.४० मिनेटमा पार गर्दै बाग्लुङका तीर्थ पुन दोस्रो भने ५९.२१ मिनेटमा पार गरी नेपाली सेनाका रामजी बस्नेत तेस्रो भए । दोस्रो भएका पुनले ३५ हजार र तेस्रो भएका बस्नेतले २५ हजार रुपैयाँ पुरस्कार पाए । त्यस्तै स्थानीय महिलातर्फको दौडमा सुनिता गिरी प्रथम भइन् ।