४ कार्तिक २०८३, बुधबार

नेपालमा पहिलो पटक प्याराग्लाइडिङको विश्वकप, कार्तिक दोस्रो साताबाट शुरु हुँदै

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असोज । नेपालमा पहिलो पटक ‘फस्ट नेपाल प्याराग्लाइडिङ एक्कुरेसी विश्वकप’ हुने भएको छ । आगामी कार्तिक दोस्रो साताबाट नेपालमा पहिलो पटक प्याराग्लाइडिङ हुने भएको हो ।

नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाईडिङ संघ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्गजाको संयुक्त आयोजनामा हुने विश्वकप कार्तिक १५ देखी १९ सम्म हुनेछ ।

प्रतियोगितामा पुरुष र महिलाको टिम तथा ब्यक्तिगत एक्युरेसी गरि ४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । जसमा नेपालसहित क्यानडा, फ्रान्स, टर्की, ब्रिटेन, जापान, कोरिया, साउदी अरेबिया, सिंगापुर, ईन्डोनेसिया, मलेसिया, मंगोलिया, भारत, पाकिस्तान र ईरानको सहभागिता रहने आयोजकले जनाएको छ ।

टिम प्रतिस्पर्धामा प्रत्येक समूहमा पुरुष तर्फ ५ र महिला तर्फ ३ खेलाडीहरुको समूह हुनेछ । प्रतियोगितामा प्रत्येक समूह तथा ब्यक्तिले ६ चरणको प्रतिस्पर्धा गर्नु पर्ने छ । ६ चरणको अंकलाई जोडेर पहिलो, दोश्रो तथा तेश्रोको घोषणा गरिने छ । एक्युरेसीमा टार्गेट क्षेत्र ५ मिटरको रेडियसमा हुने छ भने यसको एक्युरेसी स्वचालित मापन यन्त्र २२ से.मि.को हुने आयोजकले जनाएका छन् ।