
काठमाडौं, २८ असोज । आइएमई लिमिटेड र ललितपुरस्थित सानेपामा अवस्थित स्टार अस्पतालबीचस्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्ड वाहक सेवाग्राहीहरूले स्टार अस्पतालको सेवामा १५ प्रतिशतसम्म विशेष छुट प्राप्त गर्नेछन् । यो छुट सुविधा अस्पताल भित्रको सेवामा मात्र लागु हुने छ ।
सेवा लिनको लागि सेवाग्राहीहरूले आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड अस्पतालको ओपीडी शाखामा देखाउनुपर्नेछ । सम्झौता पत्रमा आइएमई लिमिटेडका तर्फबाट क्षेत्रीय प्रतिनिधि प्रमुख माधव कटुवाल र स्टार अस्पतालको तर्फबाट प्रमुख सञ्चालन अधिकृत डा. सन्देश जी.सीले हस्ताक्षर गरेका छन् । यो सम्झौता एक वर्षसम्मका लागि लागु हुनेछ ।















प्रतिक्रिया