४ कार्तिक २०८३, बुधबार

धनुषाकी १० वर्षीया मुनिषाकुमारीको बलात्कारपछि हत्या, अपराध स्वीकार्ने दुई पक्राउ

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, २७ असोज । धनुषामा १० वर्षीया एक बालिकाको बलात्कारपछि हत्या भएको छ । औरही गाउँपालिका–१ की मुनिषाकुमारी यादवको बलात्कारपछि हत्या भएको हो ।

मुनिषाकुमारी शुक्रबार पुजाको मेला हेर्न गएकी थिइन् । तर हालसम्म बेपत्ता रहेकी थिइन् । उनको शव खेतमा भेटिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । औरही ५ परवाह मुखिया टोलका ३२ वर्षका विनोद मुखिया र औरही ३ परवाह का ३० वर्षका नथुनी पण्डित पक्राउ परेका छन् । मुखियाले पैसा दिएर उनको बलात्कार गरेको प्रारम्भिक बयान दिएका छन् ।