४ कार्तिक २०८३, बुधबार

टी–२० एसिया छनोट क्रिकेटको समुह च्याम्पियन नेपाली टोली स्वदेश फिर्ता

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । विश्व टी–२० एसिया छनोट अन्तर्गत समूह विजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ । मलेसियामा भएको प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको नेपाली टिम शनिबार अपरान्ह काठमाडौं ओर्लिएको हो ।

नेपाल समुह ‘बी’ मा रहेको थियो । उपाधिसंगै नेपाल एसिया छनोट अन्तर्गत दोस्रो चरणमा पुगेको छ ।

एसिया छनोटमा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् । अब छनोटमा युएई, कुवेत र कतारले यसअघि नै स्थान बनाईसकेका छन् । एसिया छनोटबाट शीर्ष दुई टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन् ।