४ कार्तिक २०८३, बुधबार

भारतविरुद्धको दोस्रो टेस्टको पहिलो पारिमा वेस्ट इन्डिज अल आउट

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, २७ असोज । भारतविरुद्धको दोस्रो टेस्टको पहिलो पारिमा वेस्ट इन्डिज ३११ रनमा अल आउट भएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिज दोस्रो दिनको पहिलो सत्रमा अल आउट भएको हो । पहिलो दिन ७ विकेट गुमाएर २८६रन बनाएको वेस्ट इन्डिजले बाँकी रहेका ३ विकेट शनिबार ११.१ ओभरमा गुमाएको थियो ।

एक समय दबाबमा आएको वेस्ट इन्डिजलाई ज्यासन होल्डर र रोस्टन चेजले १०४ रनको साझेदारी गरेपछि वेस्टइन्डिले मध्ययम स्कोर खडा गर्न सफल भएको हो । जसमा रोस्टनले १०६रन बनाए ।

भारतका उमेश यादवले ६ तथा कुलदीप यादवले ३ विकेट लिएका थिए ।