वीरगन्ज (पर्सा), १२ माघ । वीरगन्ज पथलैया सडकखण्डको परवानीपुरस्थित मुख्य सडकको छेउमा गएराति बेवारिसे अवस्थामा एक जनाको शव फेला परेको छ ।
सो सडकखण्डको चावासोती दाल मिलदेखि उत्तर चाइनिज गोदाम छेउमा जमेको पानीमा एक पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । शवको प्रकृृति हेर्दा दुईतीन दिनअघिको हुन सक्ने इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक कुमारविक्रम थापाले बताउनुभयो ।
शवपरीक्षणका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा राखिएको प्रहरीले जनाएको छ । कसैको हत्या गरेर फालिएको हो वा आफैँ मृत्यु भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस















प्रतिक्रिया