पोखरा। निर्माणाधिन माथिल्लो मादी जलविद्युत आयोजनामा सुरुङ खन्ने क्रममा थुनिएका १६ जनामध्ये १३ जना सम्पर्कमा आएका छन् । तीन जनाको भने अवस्था अज्ञात छ ।
कास्कीको सिल्दुजुरे–४, चाँसुमा कामदारहरु सुरुङभित्र रहेको बेला बाहिरबाट पहिरो गएपछि १६ जना कामदार थुनिएका थिए । सुरुङ खन्ने क्रममा बाहिरबाट खसेको पहिरोले मुख थुनिएपछि ती कामदार सुरुङभित्र परेका हुन् ।
चिनियाँ कम्पनि सिडब्लुईमार्फत निर्माण भइरहेको उक्त आयोजनामा भएको यस घटनामा १ जना चिनियाँ र अन्य सबै नेपाली कामदार परेको कास्कीका प्रहरी प्रमुख बसन्तकुमार लामाले जानकारी दिएका छन् । सुरुङभित्र फसेकाहरुलाई अक्सिजन र पानी पठाइएको छ भने एक्साभेटर र डोजरको सहायतामा सुरुङको मुख खोल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । गत बर्षदेखि निर्माणकार्य सुरु भएको उक्त आयोजनाको कुल क्षमता २५ मेगावाट रहेको छ ।











प्रतिक्रिया