४ कार्तिक २०८३, बुधबार

टी–२० विश्वकप छनोटको समुह विजेता बन्यो नेपाल

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल आईसीसी विश्व टी–२० एसिया छनोट समूह ‘बी’ को विजेता बनेको छ । मलेसिया सम्पन्न छनोट अन्तर्गत शुक्रबारको खेल रद्द भएपछि नेपाल विजेता बनेको हो ।

क्वालालम्पुरस्थित बायुमास ओभलमा सिंगापुरले दिएको ८२ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहदा खेल बर्षाको कारण रोकिएको थियो । वर्षाले खेल रोकिदा नेपालले पहिलो ओभरको ३ बलमा १ विकेट गुमाएर १ रन जोडेको थियो । नेपालका अनिल साह सुन्य रनमा आउट भएका थिए ।

त्यसपछि वर्षाको कारण खेल भएन । र, रेफ्रीले नेपाल र सिंगापुरबीचको खेल रद्द भएको घोषणा गरेको थियो । खेल रद्द भएसंगै दुवै टोलीले १–१ अंक पाएका थिए । योसंगै नेपाल र सिंगापुरको समान ११/११ अंक भएपनि रन रेटको आधारमा नेपाल विजेता बन्यो ।

योसंगै नेपाल विश्व टी-20 एसिया छनोट समूह ‘बी’को विजेताको रुपमा दोस्रो चरणको छनोटमा पुगेको छ । नेपालसंगै सिंगापुर उपविजेता र मलेसिया पनि शीर्ष तीनमा रहदै दोस्रो चरणको एसिया छनोटमा पुगेको छ ।

एसिया छनोटमा ७ टोलीले खेल्नेछन् । यस छनोटमा युएई, कुवेत र कतारले यसअघि नै स्थान बनाईसकेको छ ।