४ कार्तिक २०८३, बुधबार

ए डिभिजन लिगमा हिमालयन शेर्पा र एपिएफ गोलरहित बराबरीमा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २६ असोज । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लब र नेपाल एपिएफ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।

शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो । हिमालयन शेर्पाबाट कर्ण लिम्बु मैदान उत्रिएका थिए । राष्ट्रिय लिग झापाबाट खेलेका कर्ण अन्तिम समयमा हिमालयन शेर्पमा आवद्ध भएका थिए ।

यता राष्ट्रिय टिमका मिडफिल्डर लामो समयपछि मैदान फर्किएका छन् । उनी एपिएफको पहिलो रोजाइमा खेल्दै लिगमार्फत खेलमा फर्किएका हुन् । खेलमा हिमालयनका आशिष गुरुङ म्यान अफ दि म्याच चुनिए ।

लिगअन्तर्गत आज दिउँसो मनाङ मर्स्याङ्दी क्लब र बिग्रेड व्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेलपछि लिग तिहारपछि सम्मका लागि स्थगित हुनेछ । लिगमा पुलिस, थ्री स्टार र संकटाले ३/३ अंक जोडेको छ ।