२ कार्तिक २०८३, सोमबार

पाण्डेलाई रतन बाई खाती उत्कृष्ट पत्रकारिता पुरस्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajendra-Pandey-Awarded

बुटवल, माघ ११ गते । यसबर्षको रतन बाई खाती उत्कृष्ट पत्रकारिता पुरस्कार संचारकर्मी राजेन्द्र पाण्डेलाई प्रदान गरिएको छ ।

छापा, रेडियो तथा टेलिभिजन पत्रकारिताका माध्यमबाट विगत १३ वर्षदेखि निरन्तर क्रियाशील रही पूर्व मन्त्रिपरिषद्का अध्यक्षको प्रेस संयोजक हुँदा समेत निष्पक्ष पत्रकारिताद्वारा आफ्नो कञ्चन छवि बनाउन सफल पाण्डेलाई उक्त पुरस्कारले सम्मान गरिएको सुब्बेनी आमा रतन बाई खाती प्रतिष्ठान, बुटवलले जनाएको छ ।

समारोहमा टेकध्वज खाती लक्ष्मी देवी खाती साहित्य सेवा पुरस्कारबाट साहित्यकार डा. प्रभा कैनी, नेपाली भाषासाहित्य र प्राध्यापनका माध्यमबाट उल्लेखनीय योगदान गरेबापत साहित्यकार बालकृष्ण भट्टराईको प्रशस्ती वाचन एवं ताराप्रसाद श्रेष्ठ तथा गंगा अभिलाषीलाई पनि सम्मानित गरिएको प्रतिष्ठानका अध्यक्ष माया देवी कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. चुडामणि बन्धु र संस्थापक अजम्बरध्वज खातीले पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरुलाई दोसल्लासहित नगद तथा ताम्रपत्रले सम्मान गर्नु भएको थियो । प्रमुख अतिथि बन्धुले नेपाली भाषा साहित्यको क्षेत्रमा नयाँ नयाँ प्रयोग र उपलब्धि हासिल भएको चर्चा गर्दै समस्त नेपाली जनतालाई एउटै नेपाली जातीय संस्कृतिमा उनेको बताउनुभयो ।

पुरस्कृत सञ्चारकर्मी पाण्डे लगायतका साहित्यिक स्रष्टाहरुले पुरस्कार र सम्मानले आफ्ना कर्ममा अझै गहन रुपमा लाग्ने ऊर्जा प्राप्त भएको उल्लेख गर्नुभयो ।