काठमाडौं, २६ असोज । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. र सिभिल बैंक लि. बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार एन.बी.आईले सिभिल बैंक लि. का कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउनेछ । सम्झौता बिहीबार भएको हो ।
सम्झौतापत्रमा सिभिल बैंक लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्ग र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजीव सुब्बाबीच हस्ताक्षर भएको छ ।















प्रतिक्रिया