विराटनगर, ११ माघ । ओखलढुङ्गामा आइतबार एक वृद्धाको जलेर मृत्यु भएको छ ।
बिलन्दु–६ स्थित घरमा आगलागी हुँदा ६५ वर्षीया दिलमाया बरालको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
उक्त आगलागीबाट पूर्णरुपले घर जल्दा रु एक लाख ५० हजार बराबरको सम्पत्तिसमेत जलेर नष्ट भएको छ । स्थानीय जनता र प्रहरीको सहयोगमा तीन घन्टामा आगलागी नियन्त्रणमा आएको थियो । रासस















प्रतिक्रिया