चितवन ११ माघ ।
रत्ननगर–१० मंगलपुरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई १० हजार आर्थिक सहयोग भएको छ ।
रत्ननगर–९ जिरौना स्थायी घरभई बैदेशिक रोजगारीको शिलशिलामा चिलीमा रहनुभएका कपिल भट्टले सो रकम केन्द्रलाई सहयोग गर्नुभएको छ । केन्द्रमा आयोजित कार्यक्रममा कपिलका बुवा टेकप्रसाद भट्ट र आमा कोपिला भट्टले केन्द्रका अध्यक्ष केपिकिरण शर्मालाई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।
सो रकम केन्द्र परिसरमा निर्माणाधिन अवस्थामा रहेका सरस्वती मन्दिर खर्च गर्ने केन्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकारी दिनुभयो । यसैगरी पुञ्पाञ्जली हस्पीटल भरतपुरका डाक्टर शशांक कुमार सिंहले आइतबार वालवालिकाको स्वास्थ्य परीक्षण गरी उनीहरुलाई स्वास्थ रहन अपनाउनुपर्ने सावधानिका वारेका जानकारी गराउनुभएको छ ।
यसैबीच श्रीपञ्चमीको अवसरमा केन्द्रमा आश्रित चेपाङ वालवालिकाले आइतबार केन्द्रमै हर्षौउल्लासका साथ सरस्वतीको पुजा आराधाना गरेका छन ।















प्रतिक्रिया