
काठमाडौं, २३ असोज । पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका–२५ बाट एपीएफ टोलीले करीव १ लाख रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामाग्री बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा, खेलौना तथा मोटरसाइकलको पार्टस सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वार्टर पर्सा नम्बर १४ गुल्मबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
यसैगरी सोही गुल्मबाट खटिएको एपीएफ टोलीले असोज २३ गते पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १० बाट करीब १ लाख रुपैयाँ बराबरको चोरीपैठारीको सामाग्री बरामद गरेको छ ।
गस्तीमा खटिएको एपीएफ टोलीले भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको बराबरको लत्ताकपडा तथा जुत्ता बरामद गरेको हो ।












प्रतिक्रिया