
काठमाडौं, २३ असोज । काठमाडौं महानगरपालिका–१४ सुनारगाउँको एक घरबाट साढे ५९ तोला सुन चोरी भएको छ । कमला सुवेदीको घर फोरेर सुनका गरगहनाका साथै नगद २० हजार पनि चोरले चोरेर लगेको प्रहरीले जनाएको छ ।
घरमा कोही नभएको मौका पारेर चोरी भएको हो । करिब ३५ लाख ६७ हजार ५ सय रुपैयाँ बराबरको गरगरहना र नगद चोरी भएको प्रहरीले जनायो । चोरी गरी भागेका चोरहरुको खोजीकार्य जारी रहेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया