२ कार्तिक २०८३, सोमबार

सिटिजन्स बैंक र क्लिनिक वनबीच सहकार्य

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २३ असोज । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र क्लिनिक वन प्रालि जावलाखेलबीच बैंकका ग्राहकलाई क्लिनिकको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले र क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रघु विक्रम राणाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट/क्रेडिट कार्डवाहक ग्राहक तथा परिवारका सदस्यहरुले क्लिनिक वन प्रालिमा उपचार गराउँदा तथा अन्य सेवा लिदा बिशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

आफ्नो ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउदै आएको छ ।