२१ कार्तिक २०८३, शनिबार

किराना पसलमा आगलागी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

चितवन, २३ असोज । भरतपुर महानगरपालिका–१० अस्पताल रोडस्थित दुर्गामणि गौतमको घरमा गए राति आगलागी भएको छ । आगलागीबाट होटल, दूध डेरी र किराना पसलमा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका र कावासोती नगरपालिकाको दमकल, प्रहरी, सेना, सशस्त्र प्रहरी, स्थानीयवासीले आगो निभाएका थिए ।

प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार छाहारी होटल, पौडेल दूध डेरी र किराना पसल पूर्ण रुपमा क्षति भएको छ । ग्यास चुहिएर होटलमा आगलागी भएको हो । –रासस