४ कार्तिक २०८३, बुधबार

ताम्राकार कम्प्लेक्समा दशैं मोबाइल मेला हुँदै, ६० प्रतिशतसम्मको छुट

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २१ असोज । काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोडमा अवस्थित ताम्राकार कम्प्लेक्सले नेपालीहरुको महान चाड बडादशैंको अवसर पारेर दशैं मोबाइल मेला आयोजना गर्ने भएको छ ।

मोबाइल व्यवसायीहरुको छाता संगठन मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको आयोजनामा हुने दशैं मोबाइल मेला मंगलबारदेखि आउँदो ३१ गतेसम्म संचालन हुनेछ ।

दशैं मोबाइल मेलामा ताम्राकार कम्प्लेक्सभित्रका मोबाइल पसलहरुमा मोबाइल खरिद बिक्रीमा ग्राहकहरुले न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ६० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । ताम्राकार कम्प्लेक्सभित्र यस अवधिमा कुनैपनि मोबाइल खरिदमा ग्राहकहरुले एउटा इनर्जी ड्रिंक प्राप्त गर्नेछन् ।

दशैं मोबाइल मेलाको अवसर पारेर ताम्राकार कम्प्लेक्सभित्र मोबाइल खरिद गर्ने ग्राहकहरुले स्मार्ट टेलिकमको सिम कार्ड समेत निःशुल्क प्राप्त गर्नेछन् । निश्चित रकम ब्यालेन्ससहितको कार्ड एक्टिभेट गर्न भने आवश्यक प्रकृयाहरु ग्राहकहरुले पुरा गर्नुपर्ने हुन्छ ।

यसका साथै हरेक कम्पनीहरुले आफ्नो प्रवर्द्धनमा राखेको स्कीमहरु पनि ग्राहकहरुले साथमा नै प्राप्त गर्न सक्नेछन् । मेलाको अवसर पारेर मोबाइल व्यवसायी संघ ताम्राकार कम्प्लेक्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक सेवा समेत गर्ने घोषणा गरेको छ ।

दशैं मोबाइल मेला ग्राहकहरुले फरक अनुभव र आफूले रोजेको मोबाइल सूपथ मूल्यमा किन्ने अवसर भएको मोबाइल व्यापार संघका अध्यक्ष जगत साउदले बताए ।

‘ताम्राकार कम्प्लेक्स मोबाइल खरिद बिक्रीका लागि मुख्य केन्द्र नै हो, हामीले ग्राहकहरुलाई दशैंको अवसर पारेर विभन्न अफरहरुका साथमा सुपथ मूल्यमा फोनहरु बिक्री गर्नेछौं,’ उनले भने ।