
काठमाडौँ, २१ असोज । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो अठाराैँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा विपद् व्यवस्थापनको लागि चाहिने उद्वार सामग्रीहरु नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ ।
प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विपद्को बेला उद्घारमा खटिने प्रहरी कर्मचारीहरुलाई प्राप्त सामग्रीले थप मद्दत पुर्याउने चर्चा गर्दै नेपाल प्रहरीलाई सामग्री प्रदान गरेकोमा बैंकप्रति आभार प्रकट गरे ।
कार्यक्रममा बैंकका अध्यक्ष रोशन केसीले विपद् व्यवस्थापनमा नेपाल प्रहरीले गरेको उद्घार कार्यको प्रशंसा गर्दै ७ वटै प्रदेशमा विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सामग्री उपयोगी हुने विश्वास व्यक्त गरे । जनताको सेवामा समर्पित नेपाल प्रहरीसँग हातेमालो गर्न पाउँदा आफू र माछापुच्छ्रे बैंक परिवार गौरवान्वित भएको उल्लेख गर्दै आगामी दिनमा समेत सहयोग आदान प्रदान गर्ने उनले बताए ।
बैंकले नेपाल प्रहरीलाई ५५ लाख ७६ हजार रुपैयाँ बराबरको विपद् उद्घार सामग्रीहरु दिएको हो । हस्तान्तरण गरिएका सामाग्रीहरुमा भत्केका संरचनामा उद्घार तथा खोजीमा प्रयोग हुने उपकरणहरु, अग्नी नियन्त्रणका सामाग्रीहरु, रोप तथा वाटर रेस्क्यूका सामाग्रीहरु तथा ¥याफ्ट बोट र बोटलाई चाहिने आवश्यक उपकरणहरु लगायत छन् ।
बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३० शाखा रहित बैंकिङ सेवा समेत गरी जम्मा ११८ स्थानबाट सेवा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा छन् ।















प्रतिक्रिया