२ कार्तिक २०८३, सोमबार

यस्तो छ आइतबारको विनिमय दर, अमेरिकी डलर ३ दिनदेखि स्थिर

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ असोज । अहिलेसम्मकै महंगो भएको अमेरिकी डलरको भाउ ३ दिनदेखि स्थिर रहेको छ।

आईतबार १ अमेरिकी डलरको मूल्य गत शुक्रबार जस्तै १ सय १८ रुपैयाँ ३ पैसा कायम भएको छ। नेपाल राष्ट्र बैंकले आज आइतबार तोकेको विनिमयदर अनुसार अमेरिकी डलर १ कोे खरिददर १ सय १७ रुपैयाँ ४३ पैसा कायम भएको छ।

अमेरिकी डलरसँगै अन्य विदेशी मुद्राको विनिमयदर राष्ट्र बैंकले यसप्रकार तोकेको छ। युरोपियन युरो १ को खरिददर १ सय ३५ रुपैयाँ ४७ पैसा छ भने बिक्रीदर १ सय ३६ रुपैयाँ १६ पैसा कायम भएको छ।

पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ५३ रुपैयाँ ५६ पैसा छ भने बिक्रीदर १ सय ५४ रुपैयाँ ३४ पैसा कायम भएको छ। अस्ट्रेलियन डलर १ को खरिददर ८३ रुपैयाँ ३३ पैसा छ भने बिक्रीदर ८३ रुपैयाँ ७६ पैसा कायम भएको छ।

जापानिज यन १० को खरिददर १० रुपैयाँ ३४ पैसा छ भने बिक्रीदर १० रुपैयाँ ३९ पैसा छ। साउदी अरेबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ३९ पैसा छ भने बिक्रीदर ३१ रुपैयाँ ५५ पैसा कायम भएको छ।

कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ३४ पैसा छ भने बिक्रीदर ३२ रुपैयाँ ५० पैसा कायम भएको छ। संयुक्त अरब इमिरेट्स (युएई) दिह्राम १ को खरिददर ३२ रुपैयाँ ५ पैसा छ भने बिक्रीदर ३२ रुपैयाँ २२ पैसा कायम भएको छ।

मलेसियन रिङ्गेट १ को खरिददर २८ रुपैयाँ ३९ पैसा छ भने बिक्रीदर २८ रुपैयाँ ५४ पैसा कायम भएको छ। दक्षिण कोरिया वान १ सयको खरिददर १० रुपैयाँ ४२ पैसा छ भने बिक्रीदर १० रुपैयाँ ४७ पैसा कायम भएको छ।

छिमेकी राष्ट्र भारतसँगको विनिमय दर भने स्थिर नै छ। राष्ट्र बैंकले तोकेको विदेशी विनिमयदरभन्दा निजी बैंक तथा वित्तिय संस्थाहरू भने महँगोमा कारोबार गर्न सक्छन्।