४ कार्तिक २०८३, बुधबार

निर्मलाका लागि न्याय माग्दै प्रदर्शनकारीले भने–‘गृहमन्त्री र आईजीपीले राजीनामा देऊ’

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असोज । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याकाण्डमा संलग्नलाई कारबाहीको माग गर्दै शनिबार काठमाडौंमा प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले निर्मला पन्तको लागि न्याय मात्र मागेनन्, गृहमन्त्री र आईजीपीको राजीनामासमेत मागेका छन् ।

उनीहरुले वर्तमान आईजीपीको बर्खास्तीको लागि माग गरे । माइतीघर मण्डलामा शनिबार प्रदर्शन भएको हो । माइतीघर मण्डलाबाट शुरु प्रदर्शन बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।